LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ११ मा रहेको बनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशन उदघाटन कार्यक्रमममा बोल्दै प्रमुख अतिथी जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रूपन्देहीका प्रमुख राजकुमार चौधरीले जिल्लाका विभिन्न स्थानमा खानेपानीको समस्याका कारण उपभोक्ताले सास्ती भोगिरहेको बेला सैनामैनाको सालझण्डीमा भने खानेपानीको लागि कुनै समस्या नरहेको सुन्दा आफूलाई खुसी लागेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले पछिल्लोसमय एक घर एक धारा कार्यक्रम लागू गरेको बताउँदै खानेपानी नपाएर कोही उपभोक्ताले सास्ती पाउने अवस्था अव अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ वडा अध्यक्ष रामप्रसाद भुसाल, सल्लाहकार कृष्ण घिमिरे, समाजसेवी मीनप्रसाद घिमिरे, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरे, साझा टेलिभिजनका स्टेशन म्यानेर नविन घिमिरे, नारायण प्रसाद पन्त, राधिका पोखरेल र ईन्द्रबहादुर जिसि लगायतले बोल्नुभएको थियो ।

बनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नेत्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशन कार्यक्रममा आर्थिक प्रतिबेदन कोषाध्यक्ष रिता भुसालले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी स्वागत उपाध्यक्ष निरकला गैरेले गर्नुभएको कार्यक्रमको संचालन सचिव खिमानन्द पोखरेलले गर्नुभएको थियो ।
यसैगरी शनिवार नै सम्पन्न अधिवेशनले पुनः संस्थाका अध्यक्ष नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ समितिको उपाध्यक्षमा निरकला गैरै, सचिबमा खिमानन्द पोखरेल, कोषाध्यक्षमा रिता भुसाल, सहसचिव पुनाराम सापकोटा र विष्णु ज्ञवाली तथा सदस्यहरुमा तेजेन्द्र पाण्डे, सिता घिमिरे, रुपा पौडेल, माया बिक, फुलमति थारु, देवबहादुर अर्याल र लक्ष्मी सापकोटा चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय