LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना नगरपालिका ११ मा रहेको बनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशन उदघाटन कार्यक्रमममा बोल्दै प्रमुख अतिथी जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रूपन्देहीका प्रमुख राजकुमार चौधरीले जिल्लाका विभिन्न स्थानमा खानेपानीको समस्याका कारण उपभोक्ताले सास्ती भोगिरहेको बेला सैनामैनाको सालझण्डीमा भने खानेपानीको लागि कुनै समस्या नरहेको सुन्दा आफूलाई खुसी लागेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले पछिल्लोसमय एक घर एक धारा कार्यक्रम लागू गरेको बताउँदै खानेपानी नपाएर कोही उपभोक्ताले सास्ती पाउने अवस्था अव अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ वडा अध्यक्ष रामप्रसाद भुसाल, सल्लाहकार कृष्ण घिमिरे, समाजसेवी मीनप्रसाद घिमिरे, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरे, साझा टेलिभिजनका स्टेशन म्यानेर नविन घिमिरे, नारायण प्रसाद पन्त, राधिका पोखरेल र ईन्द्रबहादुर जिसि लगायतले बोल्नुभएको थियो ।

बनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नेत्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशन कार्यक्रममा आर्थिक प्रतिबेदन कोषाध्यक्ष रिता भुसालले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी स्वागत उपाध्यक्ष निरकला गैरेले गर्नुभएको कार्यक्रमको संचालन सचिव खिमानन्द पोखरेलले गर्नुभएको थियो ।
यसैगरी शनिवार नै सम्पन्न अधिवेशनले पुनः संस्थाका अध्यक्ष नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ समितिको उपाध्यक्षमा निरकला गैरै, सचिबमा खिमानन्द पोखरेल, कोषाध्यक्षमा रिता भुसाल, सहसचिव पुनाराम सापकोटा र विष्णु ज्ञवाली तथा सदस्यहरुमा तेजेन्द्र पाण्डे, सिता घिमिरे, रुपा पौडेल, माया बिक, फुलमति थारु, देवबहादुर अर्याल र लक्ष्मी सापकोटा चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय