LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
१२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत जिल्लाका टिमले सहभागिता जनाएका छन ।
खेल उदघाटन समारोहलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले आफ्नै नगरभित्र जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना हुनु र अवलोकन गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
उहाँले युवा भाईबहिनीहरु दुव्र्यसनमा फसिरहेको बेला भाई बहिनीहरुलाई खेलकुद र पढाईतर्फ जबसम्म आकर्षित गर्न सकिदैन भने तबसम्म उनीहरुको जीवनलाई सही बाटोमा अघि बढाउन सकिदैन भन्नुभयो ।

त्यसैगरी सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्कीले नेपालमा अव व्यावसायीक क्रिकेट खेलको सुरुवात भएको बताउँदै यो नेपाल र नेपाली खेलाडीका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले व्यावसायीक खेलकुद सुरुवात हुँदै गर्दा खेलकुद हुने व्यावसायीक रंगशालाको समेत निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

क्रिकेट प्रतियोगितामा रुपन्देही लगायतका जिल्लाबाट १२ देखि १५ टिम सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, दोश्रो पुरस्कार २५ हजार ५ सय २५, म्यानअफ दि म्याचलाई प्रत्येक खेलमा ५ सय नगद, म्यान अफ दि सिरिजलाई तीनहजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको संरक्षकमा सैनामैना नगरपालिका रहेको छ भने र सैनामैना नगरपालिका वडा नं. ७ र रुपन्देही त्रिकेट संघ रुपन्देही सहयोगी भूमिकामा रहेको छ ।
स्टार स्पोर्टस क्लवका अध्यक्ष खिमराज पोखरेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनात पोखरेलले क्रिकेट खेलको सफलताको शुभकामना दिनुभएको थियो भने स्वागत खेल संयोजक कृष्णप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
सैनामैना ७ को लम्टैयाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तीन बर्षपछि क्रिकेट प्रतियोगिता हुन लागेको बताउनुभयो ।
उदघाटन पश्चात भएको खेलमा दमकडा क्रिकेट क्लवले बुटवल युथ क्लवलाई ३७ रनको अन्तरले पराजित ग¥यो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको दमकडा क्रिकेट क्लवले १२८ रन बनायो । १२९ रनको लक्ष्य पछ्याएको बुटवल युथ सवै ओभर गुमाउँदै ९ बिकेटमा ९१ रनमात्रै बनाउन सफल भएको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच दमकडा क्रिकेट क्लब रुपेश बस्याल भए । उनले ६० रन बनाएर १ विकेट लिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय