LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतदान देशैभरि शान्तिपूर्ण तवरमा सञ्चालन भइरहेको छ।

आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्। देशभरका ४१ स्थानका मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।

तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन्।

कीर्तिपुर नगरपालिका मेयरका लागि बिहान ११ बजेसम्म ६ हजार १६० मत खसेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। मतदान साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणनास्थलसम्म पुर्‍याइन्छ। त्यसपछि उम्मेदवार र दलका प्रतिनिधिको छलफलले मतगणना सुरू गर्नेबारे छलफल गर्नेछ।

काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ। कीर्तिपुरको मेयर र १ र ४ नम्बर वडाध्यक्षको मतगणना नगरपालिका कार्यालयको सभाहलमा हुनेछ भने काठमाडौं महानगरपालिका९१६ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय