LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु उद्योग बाणिज्य संघले यही मंसिर १९ देखि पौस २ गते सम्म सञ्चालन गर्ने १५ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
यस वर्षको महोत्सव विगतका महोत्सवहरू भन्दा फरक र पृथक हुने आयोजकले जनाएको छ । १५ औं महोत्सवमा कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य, र स्थानीय कला संस्कृतिको प्रवद्र्धनमा विशेष ध्यान दिएको जनाएको छ ।

महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवद्र्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको पनि संघले जनाएको छ ।
महोत्सव आयोजक कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले महोत्सवमाकृषि प्रवद्र्धनको लागि कृषि आधुनिकीकरणको प्रदर्शनीको आयोजना गरिने बताउनुभयो । उहाँले महोत्सवमा कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको साथै कृषि उपकरणको समेत प्रदर्शनी गर्ने बताउनुभयो । महोत्सवबाट कृषि क्षेत्रमा भएका नयाँ नयाँ प्रविधिको बिषयमा जानकारी मिल्ने उहाँले बताउनुभयो ।

महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवद्र्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा रहेको जनाएको छ ।
महोत्सवको उदघाटन पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, महोत्सवको दौरान महानायक राजेश हमालले कपडा बैंकको उदघाटन गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय