LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा १० कपिलवस्तुको १२ औं साधारण सभा विहिवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन लुम्बिनी प्रदेश सभाका सदस्य मधुसुदन शरण चौधरीले गर्नुभयो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम गर्नुका साथै स्थानीय जनताको जीवनस्तर सुधार गर्न सहयोग पु¥याएको बताउनुभयो ।
साधारण सभाको अवसरमा डिभिजन वन कार्यालय कपिलबस्तुका सिनियर डिभिजन अधिकृत अजित आचार्य, वरिष्ठ वन अधिकृत यादव सापकोटा, बैज्ञानिक वन व्यवस्थाथपन महासंघका अध्यक्ष डिल्लीराज रेग्मी, साझेदारी वन महासंघका जयप्रकाश पाण्डे र सामुदायिक वनहरुको तर्फबाट मुक्तबहादुर कार्कीले शुभकामना मन्तब्य ब्यक्त गर्दै मायादेवी साझेदारी वनलाई स्थानीय उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने गरि वन कार्ययोजना बनाउन तथा उपभोक्ताको प्रत्यक्ष सहभागितामा वन संरक्षणमा जोड दिनु आग्रह गर्नुभएको थियो ।
साधारण सभामा मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद जयसवालले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशकुमार जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शैलेन्द्रकुमार यादवले गर्नुभएको थियो । लेखाको प्रतिवेदन समूहका सदस्य राकेश यादव र लेखा व्यवस्थापक शिवराज चौधरीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन समूहका सदस्य गोविन्द पौडेलले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय