LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा १० कपिलवस्तुको १२ औं साधारण सभा विहिवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन लुम्बिनी प्रदेश सभाका सदस्य मधुसुदन शरण चौधरीले गर्नुभयो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम गर्नुका साथै स्थानीय जनताको जीवनस्तर सुधार गर्न सहयोग पु¥याएको बताउनुभयो ।
साधारण सभाको अवसरमा डिभिजन वन कार्यालय कपिलबस्तुका सिनियर डिभिजन अधिकृत अजित आचार्य, वरिष्ठ वन अधिकृत यादव सापकोटा, बैज्ञानिक वन व्यवस्थाथपन महासंघका अध्यक्ष डिल्लीराज रेग्मी, साझेदारी वन महासंघका जयप्रकाश पाण्डे र सामुदायिक वनहरुको तर्फबाट मुक्तबहादुर कार्कीले शुभकामना मन्तब्य ब्यक्त गर्दै मायादेवी साझेदारी वनलाई स्थानीय उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने गरि वन कार्ययोजना बनाउन तथा उपभोक्ताको प्रत्यक्ष सहभागितामा वन संरक्षणमा जोड दिनु आग्रह गर्नुभएको थियो ।
साधारण सभामा मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद जयसवालले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशकुमार जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शैलेन्द्रकुमार यादवले गर्नुभएको थियो । लेखाको प्रतिवेदन समूहका सदस्य राकेश यादव र लेखा व्यवस्थापक शिवराज चौधरीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन समूहका सदस्य गोविन्द पौडेलले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय