LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनु भएको छ ।

तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पु¥याइरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अव गाउँ फर्कन जरुरी रहेको बताउनु भएको हो ।

शनिबार मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ति महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अव गाउँ फर्कनुपर्ने धारणा राख्नु भयो ।
‘हामीले गाउँमा विकास पु¥यायौं । सुविधा पु¥यायौं । अहिले त्यही सुविधाका लागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ’ उहाँले भन्नुभयो– ‘अव राम्रो स्कुलमा पढाउनकैलागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन् । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अव गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।’

उहाँले गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राख्नुभयो । ‘राजनीतिक दलका कार्यकर्ता पनि अव उद्यममा जोडिएर व्यवसायीक बन्नुपर्छ । विदेशमा जतीको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ’ उहाँले भन्नुभयो–‘अव दलका कार्यकर्ताहरु उत्पादनसंग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दासम्म समाजको विश्वास जित्न सकिदैन ।’

मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गंभीर बन्नुपर्ने बताउनु भयो ।

‘रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्नसक्नुपर्छ’उहाँले भन्नुभयो,‘गत बर्षको एसइइको नजिता सन्तोषजनक भएन । यसपालीको नजिता सुधारगर्ने बारेमा सबै चिन्तित र संवेदनशिल बन्नैपर्छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय