LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मंसिर २४,
काठमाण्डौ – बाराको बरियारपुरमा चलिरहेको प्रसिद्ध गढीमाई मेलामा आज पनि दर्शनार्थीको उस्तै घुइँचो छ । गढीमाईमा हिजोदेखि शुरू भएको विशेष पूजा भोलिसम्म चल्नेछ । हिजोदेखि दर्शनार्थीको घुइँचो थप बढेको र भोलिसम्म नै घुइँचो हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेला लागेको ठाउँ बरियारपुरदेखि १५, २० किलोमिटर टाढादेखि नै गाडीको चाप बढेको छ । दर्शनार्थीको घुइँचो र व्यापारले मेलाको रौनक बढाएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।

मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो ।

मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गर्ने काम भइरहेको खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ । मेला आउँदो ३० गते आइतवारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय