LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त रहेको समानुपातिक सांसद पदमा सुनिता थापाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेस सांसद विमला गौचनको मृत्यु भएपछि गण्डकीमा कांग्रेसको एकजना समानुपातिक महिला सांसद पद रिक्त थियो । रिक्त पदमा स्याङ्जाकी सुनिता थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले मापदण्ड अनुसार भएरनभएको अध्ययन गर्नेछ । मापदण्ड पुगेमा आयोगले बल्ल नियुक्त गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय