LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

छैठौं जिल्लास्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबले चुमेको छ । आईतबार सैनामैना–७ लम्टियास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाईनल प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले देबदह क्लवलाई पराजित गरि उपाधी चुमेको हो ।

स्टार स्पोर्ट्स क्लवको आयोजनामा भएको क्रिकेट प्रतियोगिताको समापन समारोहमा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णु पोख्रेलले नेपालमा खेलकुद क्षेत्रमा क्रमबद्ध विकास भएपनी खेलप्रतिको उत्साहको तुलनामा हुनुपर्ने विकासमा ढिला भएको बताउँदै खेलप्रेमी नेतृत्वमा आउन आह्वान गर्नुभयो ।

स्टार स्पोर्ट्स क्लवका अध्यक्ष एवं प्रतियोगिता कार्यक्रमका अध्यक्ष खिमराज पोख्रेलले बधाई, धन्यवाद एवं समापन मन्तव्य राख्दै नेपालमा खेल प्रतिको उत्साहलाई उत्सवमा परिणत गरि खेलाडीलाई प्रोत्साहन गर्न आन्तरिक प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नौं दिन सम्म संचालन भएको प्रतियोगिताको संयोजक क्लवका पूर्व अध्यक्ष कृष्ण ज्ञवाली र आर्थिक संयोजक जीवन घिमिरे रहनुभएको थियो ।

प्रतियोगिताको विजेता टिमले रु ५५,५५५÷– रुपैयाँ र उपविजेताले २५,५५५÷– नगद पुरस्कार हात पारेका छन् भने विभिन्न विधामा पुरस्कारहरु वितरण गरिएको थियो । त्यसैगरी म्यान अफ दि म्याचलाई प्रत्येक खेलमा ५ सय नगद, म्यान अफ दि सिरिजलाई तीनहजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत जिल्लाका टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय