LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

खजुरा,
। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने काम सरकारको भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगन्जले जानकी गाउँपालिका –३ मा निर्माण गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मङ्गलबार बिहान उदघाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने काम सरकारको भएको बताउनुभएको हो ।

“तत्कालीन समयमा राज्य र विद्रोही दुबै पक्षबाट सबैभन्दा बढी प्रभावित क्षेत्र लुम्बिनी नै हो, यस क्षेत्रका सबै द्वन्द्वपीडित जनताको अभिभावक भनेको प्रदेश सरकार हो” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “द्वन्द्वपीडित जनताका घाउमा मल्हम पट्टी लगाउने काम सरकारको हो, द्वन्द्वपीडित जनताका घाउमा मल्हम लगाउने भूमिका निर्वाह गर्न सरकारले कुनै कसर बाँकी राख्दैन, सरकार सदैव पीडित जनताकै साथमा छ ।”

मुख्यमन्त्री आचार्यले संघीय सरकारले टिआरसी विधेयक बनाइसकेको बताउँदै प्रदेश सरकारबाट गर्नुपर्ने समन्वय र सहकार्यमा कतैबाट कमी हुन नदिने बताउनुभयो । “संघीय सरकारले द्वन्द्वपीडित जनताका समस्या सम्बोधन गर्न र समाधानका लागि टिआरसी विधेयक निर्माण गरिसकेको छ, अब आयोग बनाउने काम गर्दैछ ।” उहाँले भन्नुभयो, “उक्त कार्यका लागि प्रदेश सरकारबाट समन्वय र सहकार्यमा कतैबाट पनि कमी हुन दिनेछैनौँ ।”

 

प्रदेशमा मानव अधिकार रक्षाका लागि पञ्चायतकाल, द्वन्द्वकाल तथा २०६२–६३ को आन्दोलनमा इन्सेकले उल्लेख्य र अग्रणी भूमिका निर्वाह गरेको भन्दै मुख्यमन्त्री आचार्यले विशेषगरी द्वन्द्वकालीन समयमा भुल्नै नसकिने खालको अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

“म पनि मानव अधिकार क्षेत्रबाट अगाडि आएको हुँ, विगतमा मैले चार वर्ष जति मानव अधिकार क्षेत्रमै रहेर काम गरेको छु, डेढ वर्ष त इन्सेकसँगै आवद्ध भएर अर्घाखाँचीमा काम गर्ने अवसर पनि प्राप्त गरेको थिएँ ।” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “मानव अधिकार रक्षाका लागि पञ्चायतकाल, द्वन्द्वकाल तथा २०६२–६३ को आन्दोलनमा इन्सेकले उल्लेख्य भूमिका निर्वाह गरेको छ, विशेषगरी द्वन्द्वकालीन समयमा भुल्नै नसकिने खालको अग्रणी भूमिका निर्वाह गरेको छ ।”

 

सरकारको आँखा द्वन्द्वपीडितसम्म पुग्न नसकेको अवस्था भएमा समयमै सरकारको ध्यानाकर्षण गराउन उहाँले आग्रह गर्नुभयो । मानव अधिकार रक्षाका लागि खबरदारी गरिरहन र सरकारको ध्यानाकर्षण समेत गराउन भन्दै मुख्यमन्त्री आचार्यले कसैले पनि मानव अधिकारको उल्लङ्घन गर्न नहुने बताउनुभयो ।

 

केन्द्रलाई मानव अधिकारका मुद्दाहरु अनुसन्धान गर्न, मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्न, प्रशिक्षण, बैठक तथा प्रयोगशालाका रुपमा समेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । पीडितलाई परामर्श दिने केन्द्रका रुपमा पनि यसलाई विकास गरिने, मानव अधिकारको हेल्प डेस्क रुपमा प्रयोग गरिने तथा परामर्श सेवा, कानुनी सेवालगायतका पीडितलाई आवश्यक सबै सेवा प्रदान गरिने साझा थलोको रुपमा केन्द्रलाई विकास गरिने गौतमले बताउनुभयो ।

इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्तावेजको दिन भएको बताउनुभयो । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ९१० डिसेम्बर को महत्वपूर्ण अवसर पारेर मानव अधिकार रक्षाका लागि मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको बताउनुभयो । उहाँले यो केन्द्र द्वन्द्वपीडित नागरिक र मानव अधिकारकर्मीका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

यस केन्द्रबाट मानव अधिकारका क्षेत्रमा गरिने हरेक कार्यको समन्वय गरिने, अभिलेखीकरण गरिने भएको हुँदा केन्द्र सबै मानव अधिकारकर्मीको साझा सम्पत्ति भएको उहाँले बताउनुभयो । केन्द्रमार्फत् सही सूचना प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ ।

७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ९१० डिसेम्बर० को अवसर पारेर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगन्जले जानकी गाउँपालिका वडा ३ मा निर्माण गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मङ्गलबार बिहान उद्घाटन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय