LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

हुम्ला – हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् ।

सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको जनाएको छ । विद्यालयका अनुसार कक्षाभित्र चिसो हुने भएकाले विद्यालयका सबै कक्षाबाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको हो ।

हिमपातका कारण चिसो बढेकाले चौरमा राखेर पढाउनुको विकल्प नभएको शिक्षक यज्ञबहादुर शाहीले बताउनुभयो । विद्यालयले चौरमा बालविकासदेखि कक्षा दशसम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरिरहेको छ ।

हुम्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।

यसैबीच हिमपातले चीनसँगको सिमाना जोडिएको हिल्सा नाका बन्द भएको छ । गएको सोमवार बिहानैदेखि भएको हिमपातको कारण चार हजार छ सय ७० मिटर उचाइमा रहेको नारा नाकामा बाक्लो हिमपात भएपछि हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।

बीस किलोमिटर सडकमा बाक्लो हिउ जमेको कारण सडक बन्द भएको प्रहरी निरीक्षक सरोज कँडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय