LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

नवलपुर,

। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संंस्कृत तथा साधारण मावि गिरुवारीको स्वर्ण महोत्सवमा सहभागि हुन आउनु भएको गृहमन्त्रीसँग नेपाल प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

‘‘हरेक कुरा कानुनबमोजिम, अदालतको सहमतिले, अदालतले भनेअनुसार अनुसन्धान भइरहेको छ,’’ मन्त्री लेखकले भन्नुभयो, ‘‘कसैको मानव अधिकार हनन् भएको छैन, अदालतबाट म्याद लिएको छ, जतिदिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ भनेर कानुनले दिएको छ, त्यति नै गरिएको छ ।’’

उहाँले सरकार मानव अधिकारको रक्षाका लागि प्रतिवद्ध रहेको भन्दै हरेक मानिसको मानव अधिकारको रक्षा हुने बताउनुभयो । तर सडकमा भिड जम्मा गरेर प्रहरीको अनुसन्धानलाई प्रभावित गर्ने, न्यायीक प्रकृयालाई अवरुद्ध गर्ने, अदालत र प्रहरी कार्यालय घेर्न कोसिस गर्नेमाथि भने सरकार कठोर रहेको उहाँको भनाइ थियो ।

लोकतन्त्रमा भिडले न्याय दिने नभई कानुनी प्रकृया र पद्धतीबाट दिनु पर्ने मन्त्री लेखकले बताउनुभयो । उहाँले अदालती र प्रहरीको कामलाई प्रभावित पार्नेविरुद्ध सरकार निर्मम हुने बताउनुभयो ।

मन्त्री लेखकले लाखौं मानिसको करोडौं रुपियाँ सहकारीबाट हिनामिना भएको, नेपाली नागरिकको पैसा लुटिएको र त्यसैमाथि अनुसन्धान भइरहेको बताउनुभयो । सानासाना व्यवशाय गरेर जम्मा गरेको पैसा ठगि र दुरुपयोग गर्नेमाथि अनुसन्धान गर्दा त्यसलाई नाजायज भन्न नमिल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय