LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैनामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २० औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै समारोहका प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले स्वच्छ खानेपानी उपलब्ध गराएर उपभोक्ताको मन जितेको बताउनुभयो । उहाँले आगामी दिनमा उपभोक्ताको

हितलाई ध्यानमा खानेपानीको योजना बनाउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्की, खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरी लगायत सैनामैनाका राजनैतिक दल, नागरिक समाज, संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै नेपाल सरकारले नै खानेपानी आधारभूत आवश्यकताको रुपमा संविधानमा नै उल्लेख गरेकोले उपभोक्तालाई सर्वसलुभ रुपमा स्वच्छ खानेपानीको सेवा दिन संस्थासंग आग्रह गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष देबिदत्त सुवेदी ज्युको स्वागत मन्तब्य र सचिब भीम खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष प्रेमबहादुर खडकाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वच्छ खानेपानी बितरणलाई प्रभावकारी बनाउन प्रत्येक महिना ओभरहेड टंकी सफा गर्ने र प्रत्येक दिन खानेपानी शुद्धिकरणका लागि क्लोरिफिकेशन गर्ने गरिएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका उपभोक्तालाई टोल विकास संस्था र वडा कार्यालयको सिफारिसका आधारमा निशुल्क धारा जडान समेत गर्ने गरिएको बताउनु भयो ।

संस्थाका अध्यक्ष प्रेम ब. बानियाको अध्यक्षयतामा भएको साधारण सभाकै अवसरमा मासिक सरसफाई तर्फ उत्कृष्ट काम गर्ने टोल बिकास संस्थाहरुलाई सम्मान एवं पुरस्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय