LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल,

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सार्वजनिक–निजी क्षेत्र र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउँदै मुख्यमन्त्री आचार्यले सरकारले लगानीको वातावरण बनाइदिने र लगानी जुटाउन लगानी बोर्डले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

 

लगानी बोर्ड र प्रदेश सरकारको संयुक्त आयोजनामा बुटवलमा शुक्रबार गरिएको सार्वजनिक–निजी साझेदारीसम्बन्धी प्रादेशिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको सङ्कल्प पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अघि बढाएको उल्लेख गर्दै यी योजनालाई कार्यान्वयन गर्न चाहिने लगानी जुटाउन लगानी बोर्डले आफ्नो भूमिका बढाउन जरुरी रहेको बताउनुभयो । लगानीकर्तालाई लगानी गर्न आइपरेका कानुनी जटिलता फुकाउन प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले हामीले बनाएका ऐन, कानुन लगानीमैत्री छैनन् भने त्यसलाई सुधार गरेर प्रदेश सरकार अघि बढ्न चाहेको बताउनुभयो ।

 

पछिल्लो पटक लुम्बिनी प्रदेशमा लगानी गर्न दातृ निकायको आकर्षण बढ्दै गएको भन्दै उहाँले यो आकर्षणलाई सुनिश्चित गर्न लगानी बोर्डको प्रभावकारी भूमिका प्रदेश सरकारले खोजेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री आचार्यले कतिपय अवस्थामा प्रदेश र स्थानीय तहलाई जानकारी नभई सङ्घीय सरकारले आफ्नै हिसाबले निर्णय गरेर कार्यक्रम लागु गर्ने, कार्यक्रम लागु भएपछि मात्रै थाहा पाउने अवस्था रहेको बताउनुभयो ।

लगानी बोर्डका अध्यक्ष सुशील ज्ञवालीले लुम्बिनी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारको पहलमा बोर्डले लगानीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

कार्यक्रममा सार्वजनिक–निजी साझेदारीको अवधारणा, प्रदेश तथा स्थानीय तहका लागि नीतिगत तथा कानुनी प्रबन्ध, सार्वजनिक–निजी साझेदारी परियोजनाको विकास प्रक्रिया, सार्वजनिक–निजी साझेदारीमा लगानी मोडालिटी, प्रदेश तथा स्थानीयस्तरमा सार्वजनिक–निजी साझेदारीको अनुकूल लगानीको वातावरण निर्माणबारे छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय