LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका–९, जनज्योति टोलकी २७ वर्षीय मीना विकको एउटा सपना थियो, दुई छोरालाई पढाएर ठुलो मानिस बनाउने । त्यही सपना बोकेर उहाँ केही महिनाअघि कुवेत उड्नुभयो । कुवेत पुगेर कमाई गर्न थालेको महिना दिनमै उहाँमाथि ठुलो वज्रपात प¥यो । उहाँ बिरामी पर्नुभयो । चेकजाँच गर्दा उहाँको एउटा मिर्गौला कामै नलाग्ने भएको रहेछ । दोस्रो मिर्गौलामा पनि १७ एमएमको पत्थरी परेको रहेछ ।

काम गर्न नसक्ने भनेर साहुले मीनालाई घर फर्काइदियो । स्वदेश फर्केपछि श्रीमान्श्रीमतीले कमाएको पैसा चेकजाँच गर्दैमा सकियो । लुम्बिनी प्रादेशिक अस्पतालले समेत एउटा मिर्गौला कामै नलाग्ने भएको र अर्कोमा रहेको पत्थरी छिटो निकाल्न भन्दै थप उपचारका लागि काठमाडौँ पठाइदियो । मीनासँग अहिले बुटवलसम्म जाने पैसा छैन ।

उहाँले भन्नुभयो, “चिकित्सकले छिटो अपरेसन गर्न भनेका छन् । भएको सबै पैसा चेकजाँचमै सकियो, उपचार गर्ने पैसा पनि सकियो ।” केही सिप नलागेपछि मीनाले आर्थिक सहयोगका लागि सहयोगी हातलाई अपिल गर्नुभएको छ । मीनाको श्रीमान् जीवनसमेत मजदुरी गरी परिवारको पेट पाल्दै आउनुभएको छ । अपरेसन गर्ने पैसा नभएकाले मीनाले अहिले नदुख्ने औषधी खाएर जीवन बिताउन बाध्य भएको बताउनुभएको छ ।

मीनाका ११ र नौ वर्षका दुई छोरा छन् । त्यही बच्चाका लागि भए पनि आफू बाँच्न चाहेको उहाँले बताउनुभयो तर उहाँसँग अपरेसन गर्न आर्थिक स्रोत छैन । त्यही भएर सबैसँग आर्थिक सहयोगका लागि उहाँले अनुरोध गर्नुभएको छ । मिनाका अनुसार कुवेतमा कमाएको पैसा र श्रीमान्ले नेपालमै गरेको मेहनतको पैसा सबै सकियो । मीनाको गुनासो छ, “अब बुटवल जानेसम्म भाडा छैन ।” उहाँले आफूलाई आर्थिक सहयोग गरेर सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

सैनामैना नगरपालिका–९ को वडा कार्यालयले मीना विकलाई आर्थिक सहयोग गरिदिन अपिलसहितको पत्र दिएको छ । मीना र उहाँका श्रीमान् विजय अहिले त्यही सिफारिसमार्फत आर्थिक सहयोग पाइने र अपरेसन गर्न सकिने आशामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय