LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

बुटवल,

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताउनु भएको छ ।

जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समिक्षा गर्नुपर्ने बताउनु भएको हो ।

नतिजा खस्कनुकोपछाडीको कारण खोज्नुपर्ने, त्यसकालागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न आग्रह गर्नु भयो ।
‘लुम्बिनी प्रदेशको गत बर्षको एसइइको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसकालागि निर्मम समिक्षा गरेर जानुपर्ने छ’उहाँले भन्नुभयो,‘गत बर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ ।’ सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यले राख्नु भयो ।

‘अव परम्परागत रुपमा सोंचेर हुदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधि संग जोड्न जरुरी छ । कक्षाकोठाको रुपान्तरण पनि सोही अनुसार गर्न आवश्यक छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अवको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ । पढ्दापढ्दै स्वरोजगार हुनेगरी शिक्षा प्रणाली आजको आवश्यक हो ।’

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत बताउनु भयो । विद्यार्थीको पढाई प्रति रुची घट्दै जानु र विद्यालयमा पठनपाठनको वातावरण बनाईराख्न अभिभावकले नियमित निगरानी राख्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याउनु भयो ।‘विद्यार्थी कितावमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाईमा असर पारेको छ । विद्यार्थीलाई कितावमा रुची बढ्नेगरी सिकाईको वातावरण बनाउनुपर्छ ।

अभिभावकले आफ्ना छोराछोरीको आनिवानी र साथसंगतलाई अनुगमन गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘के कारणले छोराछोरीको पढाई विग्रिरहेको छ रु यसको कारण अभिभावकले पनि खोज्न जरुरी छ ।’ सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्नो भूमिकाको आफै समिक्षा गर्नुपर्ने भनाई मुख्यमन्त्री आचार्यको छ ।‘आफु कार्यरत विद्यालयको नतिजा कस्तो छ रु किन यस्तो भयो भनेर समिक्षा गर्नुपर्दैन’उहाँले भन्नुभयो,‘शिक्षक आफ्नो भूमिका र काम प्रति जिम्मेवार बन्न जरुरी छ ।’

विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणकालागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसमा तीन तहका सरकारले साथ सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद भुसालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको बार्षिकोत्सवको उद्घाटन गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय