LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडेमी बोर्डिङ स्कुलमा नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । न्यू एकेडेमी बोर्डिङ स्कुलको आयोजना र निर्वाण कानुनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको काम कारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ तीन दिवसीय कार्यक्रम आयोजना गरिएको हो ।

निर्वाण कानुनी समाजका कोषाध्यक्ष विष्णु ढकालले कार्यक्रममा संसद भनेको के हो ? नमूना संसदको महत्व, विधेयक, बजेट, शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं काम कारबाहीका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिएको बताउनुभयो ।
नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष, मर्यादापालक र संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।

नमूना संसद अभ्यासमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य एवं विशेष समयमा सांसदको भूमिका गरेका विद्यार्थीहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथिति लगायतका मुद्दालाई सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षण गराएको कोषाध्यक्ष ढकालले जानकारी दिनुभयो ।

यस्तै सांसदहरुले वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै आवश्यक कुरा सच्याउन समेत माग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा १० का करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समय निर्वाण कानुनी समाजले सैनामैनाका विभिन्न विद्यालयमा नमूना संसद् कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय