LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल । गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् । बुधबार रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका हुन् ।

सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए ।

हाइड्रोतर्फ धेरै नै टनेलहरू बनाइएको भए पनि सडक तर्फ नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भएकाले यी सुरुङ मार्गहरूको निर्माणले नेपालको सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने उनको भनाइ थियो । सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न उनले आग्रह समेत गरे ।

आयोजनाले सार्वजनिक गरेको मंगलबारसम्मको प्रगति प्रतिवेदन अनुसार सुरुङमार्गको भौतिक प्रगति ३५।२५ प्रतिशत पुगेको छ ।

प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास ९क्रस प्यासेज० ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न बाँकी छ ।

आयोजनाका अनुसार मुख्य टनेल ९९७ मिटर खनेर सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । अब ९२ मिटर खनेपछि मुख्य टनेल ब्रेक थ्रु हुने उनले बताइन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय