LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा फेला परेको शकांस्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब साढे १० पुरानो प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

“बम पुरानो र खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको छ ।” कार्कीले भने “सफा गर्ने क्रममा भेटिएको हो , कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौं ।”

 

प्रेसर कुकरको ह्याण्डलाई डोरीले बाधेर त्यसमा घडी ब्याट्री लगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले जानकारी दिए ।

बमलाई भैरहवा स्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे सफलतापूर्वक डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय