LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा फेला परेको शकांस्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब साढे १० पुरानो प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

“बम पुरानो र खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको छ ।” कार्कीले भने “सफा गर्ने क्रममा भेटिएको हो , कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौं ।”

 

प्रेसर कुकरको ह्याण्डलाई डोरीले बाधेर त्यसमा घडी ब्याट्री लगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले जानकारी दिए ।

बमलाई भैरहवा स्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे सफलतापूर्वक डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय