LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल,
। रुपन्देही जिल्लाको आनन्दवन गाउँपालिकाका तत्कालीन अध्यक्ष रोमणीप्रसाद पाठकको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका पाठकको क्यान्सरका कारण ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

पाठक नेपाली कांग्रेसको तर्फबाट २०४९ सालमा भएको स्थानीय निर्वाचनमा आनन्दवन गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाठक राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले रुपन्देहीका धेरै सङ्घ संस्थामा नेतृत्व प्रदान गर्नुभएको थियो ।

धार्मिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वको पहिचान बनाउनुभएका स्वर्गीय पाठक तिलोत्तमा नगरपालिका ६ का वडा अध्यक्ष गणेश पाठकको बुबा हुनुहुन्छ ।

रुपन्देहीका राजनैतिक, धार्मिक तथा शैक्षिक व्यक्तित्वहरुले स्वर्गीय पाठकको निधनले स्तब्ध र मर्माहत बनाएको भन्दै पाठकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय