LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत तथा विविध सांगितिक कार्यक्रम गरिएको छ ।

शुक्रवार क्याम्पस परिसरमा आयोजित स्वागत तथा सांगितिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बुटवल पश्चिमदेखि कपिलवस्तुसम्म यो क्याम्पसले आफ्नो शैक्षिक प्रभाव कायम राख्न सफल भएको बताउँदै क्याम्पसले शैक्षिक गुणस्तरमा जोड दिएकै कारण विद्यार्थीहरुको आकर्षण बढेको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुले समेत राम्रो नतिजाका साथ क्याम्पसको साथै गुरुबर्ग र अभिभावकको नाम र इज्जत बढाउन मेहनत गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सवैभन्दा ठूलो कुरा शिक्षा हो भन्दै अवको दिनमा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले अध्ययन विना युवा विद्यार्थी भाई बहिनीहरुले अवसर नपाउने हुँदा शिक्षालाई महत्व दिएर अघि बढ्न शुभकामना दिनुभयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मनोज बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्थ, क्याम्पस प्रमुख हेमबहादुर थापा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर केसी, नेपाली कांग्रेसका सैनामैना सभापति रणबहादुर खनाल, मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, नेपाल रेडक्रस सोसाईटीका प्रदेश महासचिव कृष्ण पंगेनी तथा क्याम्पसका प्राध्यापक प्रेम पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत स्ववियू सदस्य विकास सापकोटाले गर्नुभएको थियो भने संचालन विद्यार्थी प्रतिक्षा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय