LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

नेपालगन्ज,

। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको पाँच महिनामा २३७ वटा उजुरी परेको आयोगले जनाएको छ ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेशबहादुर अधिकारीले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म सम्पर्क कार्यालयले हेर्ने चार जिल्लाहरु बाँके, बर्दिया, दाङ र रोल्पामा २३७ वटा उजुरी परेको बताउनुभयो ।

उहाँले १७९ वटा उजुरी विगतका वर्षहरुबाट सरेर आएको र २३७ वटा नयाँ परेका गरेर ४०६ वटा उजुरी रहेकोमा हालसम्म यो वर्ष १४८ वटा उजुरी फछ्र्यौट गरिएको तथा २५८ वटा उजुरी छानविनको क्रममा रहेको बताउनुभयो ।

छानविनको क्रममा रहेका उजुरीहरुमा बाँकेका १०२ वटा, दांगका ८६, रोल्पाका ३७ र बर्दियाका ३३ वटा उजुरी रहेको र उनिहरुको छानवि कार्य तिव्र गतिमा भइरहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले परेका उजुरीहरु मध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको जनाउँदै उजुरीमा विभिन्न प्रकारका अनियमितताहरु उल्लेख गरिएको बताउनुभयो ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीहरुमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पुरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐन विपरित कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराईएको र घुस लिईएको जस्ता उजुरीहरु रहेका छन् ।

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फछ्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा वर्सेनि उजुरीको सङ्ख्या थपिँदै जाने गरेको पाइएको छ ।

पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको देखिएको छ । घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुने गरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पनि पुष्टि हुँदै आएको हो ।

अख्तियारमा परेका अधिकांश उजुरीहरुमा अनियमितता पुष्टि हुने गरेको समेत आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय