LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिककालागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् ।

कान नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाइ लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामाग्री वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।

नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शुसन साक्य, डाक्टर विद्वान भुसाल लगायतको स्वास्थ्कर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए । शिविर कान नसुन्ने, बृद्धबृद्धा र विपन्न नागरिकलाइ लाभ दायक रहेको र प्रत्यक्ष फाइदाजनक भएको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनुभयो ।

पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ्ग एण्ड चाईल्ड केयर सेन्टरको आयोजनामा सञ्चालन गरिएको शिविरको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले पानसमा दीप प्रजवलन गरी उद्धाटन गर्नु भएको थियो ।
स्वास्थ्य शिविरले कानको रुवण शक्ति गुमाएका बृद्धबृद्धाहरुलाइ ठुलो सहयोग पुग्ने बताउदै नागरिकलाइ निरोगी र स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको बताउनुभयो ।

भौतीक पुर्वाधार विकास समितिका सभापति तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिविरबाट फाइदा दिन सबैलाइ आग्रह गर्दै यस्ता खालका जनताले प्रतयक्ष लाभ पाउने कार्यक्रमहरु सञ्चालन गर्न सबै सरकारहरु लाग्नु पर्ने बताउनु भएको छ ।

शिविरको उद्धाटन समारोह गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत मन्तव्य र राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । निःशुल्क शिविरमा १९२ जनाले सेवा लिएका थिए । शिविरले विपन्नताका आधारमा ७ जना विरामी लाई निःशुल्क रूपमा कान सुन्ने मेसिन प्रधान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय