LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बहस सुरु भएको छ ।

बयानका लागि रविसहित पाँचै जनालाई सोमबार दिउँसो कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

आजदेखि बयान सुरु भएको हो ।
थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्ने बताइएको छ । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ । प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय