गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग साझेदारी गर्न ब्रिटिस राजदूतावासले चासो देखाएको छ । नगरमा रोजगारी सिर्जना गर्न, बालबालिका कार्यक्रम, प्रणाली सुधार, नव प्रवद्र्धन कार्यक्रम, स्थानीय पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दूतावासले चासो देखाएको हो ।
नेपाल सरकारमार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रिटिस सरकारले आफ्ना दूतावासका कर्मचारीहरु मार्फत सिद्धार्थनगर नगरपालीका प्रमुख इस्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधिकृत जनक थापासँग भेट गरी यहाँको बस्तु स्थितिबारे बुझ्नुभएको थियो ।



भेटको क्रममा दूतावासका सुशासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजस्व प्रणाली सुधार, स्थानीयको क्षमता वृद्धि गर्न विभिन्न तालिमहरु, नेपाल ईन विजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताउनुभयो ।
त्यस्ता क्षेत्रहरुमा हाल लुम्बिनीका केही पालिकाहरुमा प्रदेश सरकारमार्फत काम भइरहेको जानकारी दिनुहुँदै सिद्धार्थनगरमा पनि आवश्यकताका आधारमा सहयोग गरीन सक्ने उहाँले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक खाँले सिमित स्रोत र साधानका बाफजुत पनि नगर विकासमा उल्लेख्य काम भएको बताउनुहुँदै दातृ निकायबाट सहयोग पाउन सके यस नगरलाई नमुना नगरको रुपमा विकास गर्न सकिने जानकारी दिनुभयो । हाल दातृ निकायहरुले साझै स्थानीय तहसँग साझेदारीमा काम गर्न नपाउने व्यवस्था रहेको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तो व्यवस्थालाई सुधार गर्न सके र सिधै स्थानीय तहले काम गर्न पाउने अवस्था आएमा प्रभावकारी रुपमा काम हुने विश्वास व्यक्त गर्नुभयोे ।




