LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सियारी गाउँपालिकामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तिमिल्सीनाले गुणस्तरिय र प्रबिधि मैत्रि शिक्षामा जोड दिदै शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्ने बताउनु भयो ।

मन्त्री तिमिल्सीनाले शिक्षा क्षेत्रको सुधारका लागि लुम्बिनी प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरेको बताउदै शिक्षा सुधारका लागि शिक्षकसंग सम्बन्धीत सम्पुर्ण संघ, संगठन तथा बौद्धिक बर्गले आबश्यक सहयोग तथा सुझाव दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तुलसीप्रसाद चौधरीले शिक्षाको गुणस्तर बिकास र प्रबिधी मैत्रि शिक्षाका लागि सरकारले आबश्यक काम गर्दै जानु पर्ने बताउनु भयो । उहाँले बिकासका एजेण्डामा सबै दलको साझा एजेण्डा हुनु पर्ने बताउदै शिक्षा क्षेत्रको बिकासमा पनि हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।

सो अबसरमा बोल्दै सियारी गाउँपालिकाका पुर्व अध्यक्ष अयोध्या थारु, शिक्षा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा प्रसाद यादव, पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिराम घिमिरे, दलबहादुर श्रीस, ईन्द्रप्रसाद तिवारी लगाएतले बोल्दै गाउँपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासलाई ध्यानमा राख्दै शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो ।

१२ गते सम्म सियारी ४ पब्लिक माध्यमिक बिद्यालयमा हुने प्रतियोगिता सियारी गाउँपालिका भित्रका २५ सामुदायिक, ६ सस्थागत र २ मदरसा सहित ३३ बिद्यालयको सहभागिता रहने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत बिभिन्न विधामा खेल हुने छन् भने साहित्यिक बिधामा पनि प्रतिस्पर्धा हुने जनाईएको छ । प्रतियोगितामा खेल बिधा तर्फ दौड, भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो, गणित दौड हुने छन् भने साहित्य बिधा तर्फ चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्त लेखन, अग्रेजी हिज्जे, वत्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय