LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु,

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताउनु भएको छ ।

शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरुको स्तरोन्नतीकालागि प्रदेश सरकारले ध्यान दिने बताउनु भएको हो ।

‘प्रदेश भित्र रहेका प्राचिन विद्या केन्द्रहरुको अध्ययन गरेर यसको स्तरोन्नतीकालागि सरकाले योजना बनाउछ’उहाँले भन्नुभयो,‘यहाँ पढाइहुने बिषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्ने छ ।’ कपिलस्तुको खरेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हुदै आएको छ । माथिल्लो कक्षाकालागि स्वर्गद्वारी पठाउने गरिएको छ ।

मुख्यमन्त्री आचार्यसंग खरेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्राबास निर्माणकोलागि आग्रह गरिएको छ ।‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउछौं भन्ने आशा छ’पाठशालामा कार्यरत चुडामणी पोख्रेलले भन्नुभयो,‘बहुउपयोगी धर्मशाला र छात्राबास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्ने छ ।’ प्रदेश सरकारले चालु आर्थिक बर्षमा भौतिक सुधारकालागि दश लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय