LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

तिलोत्तमा÷बुटवल, ११ पुस । बुटवलमा भएको दशाँै जिल्लास्तरीय एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिताको उपाधि न्यू होराइजन इङलिस बोर्डिङ स्कुल बुटवलले जितेको छ । रुपन्देही जिल्लाभरीका तीन दर्जन विद्यालयलाईपछि पार्दै न्यू होराइजनले उपाधि जितेको हो । उसले कालिका मानवज्ञान माध्यमिक विद्यालयलार्ई ३–० को सेटमा हराउँदै उपाधि कब्जा गरेको हो । उपाधि सहित न्यू होराइजनले नगद ३० हजार, शिल्ड तथा प्रमाणपत्र हात पार्याे । यस्तै प्रतियोगितामा द्वितीय बनेको कालिका मानवज्ञानले नगद २० हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको हो ।

यस्तै प्रतियोगितामा कुवरवर्ती इङलिस माविले तृतीय स्थान हासिल गरेको छ । कुवरवर्तीले एभरेष्ट इङलिस बोर्डिङ मावि बुटवललाई तीन दुईको सेटमा हराउँदै तृतीय स्थान हासिल गरेको हो । तृतीय स्थान हासिल गर्दै कुवरवर्तीले नगद १० हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा न्यू होराइजनकी प्रतिमा रेगामी, उत्कृष्ट सेटर न्यू होराइजनकै प्रतिभा चौधरी, उत्कृष्ट ब्लकरमा कुँवरवर्तीका रजनी थारु, उत्कृष्ट स्पाइकरमा न्यू होराइजनकी डुमीसरा सारु, उत्कृष्ट लिवेरो कुँवरवर्तीकी आश्मा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा न्यू होराइनकी प्रतिभा चौधरी साथै उत्कृट कोचका रुपमा न्यू होराइजनका उदय बम मल्ल पुरस्कृत भएको आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी विद्यालय तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख माधव बन्जाडेले शिक्षामा मात्र नभई खेलकुदलगायतका अतिरिक्त कृयाकलापमा संस्थागत विद्यालयको भुमिका अतुलनीय रहेको बताउनुभयो । शिक्षण सिकाईसँगै अन्य गतिविधिमा विद्यार्थीहरुलाई बरावर सहभागि बनाउनु पर्ने बताउँदै उहाँले खेलले विद्यार्थीको शारिरिक र मानसिक दुबै क्षेत्रको विकास गर्ने बताउनुभयो । विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्दीय सदस्य लोकनाथ ज्ञवाली, जिल्ला भविवल संघका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कालिका मानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालय संचालक समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, सदस्य टुकबहादुर क्षेत्री, प्राचार्य कृष्ण न्यौपाने, शिक्षक माधव पौडेललगायतले विजयी विद्यालय तथा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै विद्यार्थी चौतर्फि विकासका लागि शिक्षक, अभिभावक तथा विद्यार्थी विचमा सहकार्य आवश्यक रहने बताउनुभयो । प्रतियोगितामा रुपन्देही जिल्लाभरीका तीन दर्जन विद्यालयहरुले सहभागिता जनाएको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । यसैबीच विद्यालयमा जारी खेलकुद दिवसमा विभिन्न चरणका खेलकुद क्रियाकलापहरु भएको गौतमले जानकारी दिनुभयो । खेलकुद दिवस अन्तरगत प्रारम्भिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले खेलकुदका विभिन्न प्रतियोगितामा सहभागिता जनाएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय