LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

त्यसो त सालझण्डी क्षेत्रका जनताका लागि स्वर्गीय ढुण्डीराम पन्तको नाम चिनाईरहनु पर्दैन । उहाँले सालझण्डी क्षेत्रको विकासमा खेल्नुभएको अतुलनीय योगदानको जति नै प्रशंसा गरेपनि त्यो कम नै हुन्छ ।

उहाँ आज यो संसारमा हुनुहुन्न तर उहाँको योगदानलाई सदाका लागि स्मरणीय बनाउने काम भएको छ । सालझण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १४ औं बार्षिक साधारण सभाको अवसरमा शनिवार खानेपानीका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराम पन्तको शालिक अनावरण गरिएको छ । सामाजिक क्षेत्रमा स्वर्गीय पन्तले पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा भएको छ ।

साधारण सभाको अवसरमा शालिकको अनावरण गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का पूर्व सांसद भरतकुमार शाहले सालझण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष ढुण्डीराम पन्तले सालझण्डी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएको चर्चा गर्दै उहाँको शालिक अनावरण भएकोमा अत्यन्त खुसी लागेको बताउनु भयो । उहाँले यो खानेपानी संस्थाबाट गरिवले खानेपानी पाएकी पाएनन भन्ने आफूलाई चिन्ता लागेको बताउनुभयो ।

उहाँले पैसा नभएकै कारण खानेपानीको सुविधा नपाएको अवस्था छ भने गरिवलाई प्राथमिकता दिएर संस्थाले खानेपानी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सालझण्डीमा विकासको पूर्वाधार सुरु हुँदै गर्दाको अवस्था स्मरण गर्दै उहाँले आफू यस क्षेत्रबाट निर्वाचित भएर आएपछि विकास निर्माणको कामले गति लिएको र जनताले बल्ल विकास निर्माणको अनुभूति गरेको बताउँदै अहिलेपनि जनताले आफूलाई विकास निर्माणका लागि घचघच्याउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सामाजिक काममा निस्वार्थ भावनाले काम गर्ने हो भने भोलीको दिनमा यो समाजले जनताको विकासमा पु¥याएको योगदान सम्झने रहेछ भन्ने कुरा स्वर्गीय ढुण्डीराम पन्तको यो शालिक अनाबरणले स्पष्ट गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष नारायणप्रसाद पन्तको अध्यक्षतामा भएको शालिक अनावरण तथा साधारण सभाको अवसरमा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, खानेपानी उपभोक्ता महासंघका लुम्बिनी प्रदेश महासचिव शालिकराम भण्डारी, सालझण्डी सामुदायिक वनका अध्यक्ष नरेन्द्र सोमरे मगर तथा खानेपानी संस्थाका सल्लाहकार मिना श्रेष्ठले खानेपानी संस्था स्थापनामा स्वर्गीय ढुण्डीराम पन्तले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

शालिक अनाबरण तथा साधारण सभा कार्यक्रममा स्वागत उपाध्यक्ष लोकेन्द्रविक्रम शाहीले गर्नुभएको थियो भने संचालन सचिव भीमकान्त पोखरेलले गर्नुभएको थियो । सोही अवसरमा संस्थापक सदस्यहरुलाई सम्मान गर्नुका साथै सर्प उद्धारकर्ता सारु कान्छालाई समेत सम्मान गरिएको थियो ।
स्वर्गीय पन्त २०३९–०४० सालतिर रुपन्देहीको सालझण्डीमा बसाईसराई गरि आउनु भएको थियो । सालझण्डी आएपछि उहाँले सालझण्डी क्षेत्रको सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक लगायतको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय