LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ –

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर सीताराम चोक नजिकैबाट एक सय ६० किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा गएराति प्रहरीको विशेष टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ आउँदै गरेको ना ३ ख ४२१२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा एक सय ६० किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ कमानेका ट्रक चालक तथा गाडीधनी ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किहोर लम्सालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय