LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही जिल्ला अदालतबाट सजायँ पाई फरार रहेका विभिन्न मुद्दाका ११ जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला अदालतबाट कैद तथा सजाय भई हाल सम्म फरार भएका रहेका प्रतिवादीहरुलाई प्हरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा २०७८ सालमा चेक अनादर मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नं. १ का ब्रम्हा यादव, २०६५ सालमा जालसाजी मुद्दामा दोषी ठहर भई फरार रहेका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने पार्बती अहिर, २०५३ सालमा जालसाजी मुद्दामै दोषी ठहर भई हालसम्म फरार रहेका सम्मरीमाई–६ कै दल सिगार कलवार रहेका छन् ।

त्यस्तै २०४७ सालमा कुटपिट मुद्दामा दोषी ठहर भएका रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने खोचन पासी,२०७२ मा कुटपिट मुद्दामा दोषी ठहर रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ७ बस्ने राकेश चौधरी, २०७२ मा कुटपिट मुद्दामै दोषी ठहर मर्चवारी गाउँपालिका–७ कै राज कुमार चौधरी, २०७२ मा कुटपिट दोषी ठहर मर्चवारी – कै राजेन्द्र चौधरी लगायत रहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीलाई कैद सजायँ भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय