LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देही जिल्ला अदालतबाट सजायँ पाई फरार रहेका विभिन्न मुद्दाका ११ जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला अदालतबाट कैद तथा सजाय भई हाल सम्म फरार भएका रहेका प्रतिवादीहरुलाई प्हरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा २०७८ सालमा चेक अनादर मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नं. १ का ब्रम्हा यादव, २०६५ सालमा जालसाजी मुद्दामा दोषी ठहर भई फरार रहेका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने पार्बती अहिर, २०५३ सालमा जालसाजी मुद्दामै दोषी ठहर भई हालसम्म फरार रहेका सम्मरीमाई–६ कै दल सिगार कलवार रहेका छन् ।

त्यस्तै २०४७ सालमा कुटपिट मुद्दामा दोषी ठहर भएका रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने खोचन पासी,२०७२ मा कुटपिट मुद्दामा दोषी ठहर रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ७ बस्ने राकेश चौधरी, २०७२ मा कुटपिट मुद्दामै दोषी ठहर मर्चवारी गाउँपालिका–७ कै राज कुमार चौधरी, २०७२ मा कुटपिट दोषी ठहर मर्चवारी – कै राजेन्द्र चौधरी लगायत रहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीलाई कैद सजायँ भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय