LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभएको छ । दाङको घोराहीमा शुक्रबारदेखि सुरु भएको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको लुम्बिनी प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभएको हो ।

प्रदेशमा झन्डै १५ प्रतिशत थारू समुदायको जनसङ्ख्या रहेको भन्दै मुख्यमन्त्री आचार्यले राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएकाले निजामती सेवामा प्रवेश गर्न आह्वान गर्नुभयो । त्यसका लागि थारू समुदायले अध्ययनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

प्रदेश निजामती सेवा ऐनले थारू समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश निजामती सेवा ऐनले प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौँ ।”

थारू समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको भन्दै उहाँले युवापुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारूलगायत चलनचल्तीका भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले प्रदेशमा बोलिने थारू, मगर, अवधीलगायतका चलनचल्तीका भाषालाई सरकारी कामकाजी भाषा बनाउने गरी प्रदेश सरकार लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशले अब छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाका रूपमा सम्बोधन गर्छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय