LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिनुभयो ।

जो जो नेताले बढी अधिवेशनको कुरा गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने सार्वजनिक गरिदिने समेत महामन्त्री थापाको चेतावनी थियो । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा नगर्न थापाले निर्देशन दिनुभयो ।

चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो,’ थापाले नेता कार्यकर्तालाई भन्नुभयो – ‘जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौं । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं ।’

पार्टी महाधिवेशनमा के हुन्छस् भनेर आफूलाई सोधिने गरेको भन्दै अधिवेशनको कुरा छोडेर २०८४ चुनावको जाँदा उपलब्धीपत्र लिएर जानका लागि रिजल्ट देखाउने गरी काम गर्न महामन्त्री थापाको निर्देशन थियो ।

अहिले नयाँ–नयाँ पार्टीका नाममा स्टण्डबाजहरू आएको भन्दै यो बेला झनै बढी पार्टीको जिम्मेवारी रहेको थापाको भनाई छ ।
थापाले भन्नुभयो– ‘एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् । तपाईं हामी सबैलाई गाली गरेका छन् । तपाईंहरूले गरेको आन्दोलन र त्यसको डिफेन्स गरेका छन्, हामी सब जना अल्मलिएका छौं । अब अल्मलिनु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय