LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

उहाँले सिपयुक्त जनशक्ति उत्पादनलाई आधार मानेर प्रदेश सरकारले नीति निर्माण गरेको जानकारी दिदै उहाँले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताउनु भयो । उहाँले पुरानो हुँदै गएको शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी वल्र्ड स्कुलले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ को उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै आधारभूत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

उहाँले अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी रहेको छ भन्दै सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउने भएकोले सोह अनुसारको दक्ष जनशक्ति उत्पादन आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो –‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो ।

मुख्यमन्त्री आचार्यले अव पुरानो पद्धतीबाट नभै आधुनिक हिसावले शिक्षण प्रणालीको विकास गर्न जरुरी रहेकोमा जोड दिदै दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री आचार्यले टिचिङ्ग लर्निङ्ग एक्स्पो्मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसंग जोडिएका सामाग्री समेत सार्वजनिक गर्नुभएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय