LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

उहाँले सिपयुक्त जनशक्ति उत्पादनलाई आधार मानेर प्रदेश सरकारले नीति निर्माण गरेको जानकारी दिदै उहाँले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताउनु भयो । उहाँले पुरानो हुँदै गएको शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी वल्र्ड स्कुलले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ को उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै आधारभूत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

उहाँले अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी रहेको छ भन्दै सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउने भएकोले सोह अनुसारको दक्ष जनशक्ति उत्पादन आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो –‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो ।

मुख्यमन्त्री आचार्यले अव पुरानो पद्धतीबाट नभै आधुनिक हिसावले शिक्षण प्रणालीको विकास गर्न जरुरी रहेकोमा जोड दिदै दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री आचार्यले टिचिङ्ग लर्निङ्ग एक्स्पो्मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसंग जोडिएका सामाग्री समेत सार्वजनिक गर्नुभएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय