LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना उद्योग वाणिज्य संघको नवनिर्वाचित नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन भएको हो ।

पदस्थापन कार्यक्रमको अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना उद्योग बाणिज्य संघ पछिल्लोसमय खुम्चिएको महसुस सवैले गरेको बताउदै यसलाई चलायमान बनाउन टिमको स्पिरिट नमिलेको हो कि भन्ने आफूले पनि महसुस गरेको बताउनुभयो । उहाँले संस्था चलाउन एक व्यक्ति भन्दा पनि सवैको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

पदस्थापन कार्यक्रममा अध्यक्षमा निर्वाचित सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोखरेलले आगामी तिन महिनाभित्रमा सदस्यहरु नविकरण तथा नयाँ सदस्य बनाउने अभियान चलाउने बताउनुभयो ।

उहाँले आगामी तिन बर्षभित्रमा सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गामा संघको नयाँ भवन बनाउने बताउँदै नगरपालिकाले जग्गा उपलब्ध नगराएको अवस्थामा पनि संघले नै जग्गा व्यवस्थापन गरेर भवन बनाउने प्रतिवद्धता जनाउनु भयो ।

संघको यही पुस १७ गते भएको अधिबेशनबाट कृष्णप्रसाद पोखरेलको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो । जस अनुसार संघको उपाध्यक्षमा लोकनाथ अधिकारी, उद्योग उपाध्याक्षमा सिता क्षेत्री, वाणिज्य उपाध्याक्षमा नारायण प्रसाद पन्त, महासचीवमा दिपेश्वर पौडेल, कोषाध्यक्षमा उदयराज खनाल र सचिवमा गुरु प्रसाद पराजुली रहनु भएको छ ।
यस्तै सदस्यहरुमा हरिप्रसाद घिमिरे, हरिप्रसाद शर्मा, तुलसीप्रसाद लम्साल, कमला घिमिरे, पारस श्रेष्ठ, लेखनाथ न्यौपाने र मिरा श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय