LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको मुहान सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले मुहान सहकारीमा आवद्ध भएपनि स्थानीय महिला दिदी बहिनीहरुको जीवनमा परिवर्तन आएको बताउनुभयो । उहाले मुहान सहकारीले वास्तवमै महिला दिदी बहिनीहरुले बचत गरेको पैसालाई आय आर्जनमा लगानी गरि महिला दिदी बहिनीहरुको जीवनलाई माथि उठाउने काम गरेको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले मुहान सहकारी स्थापनामा आफ्नो पनि ठूलो योगदान रहेको स्मरण गर्दै यो सहकारीलाई अझै अघि बढाउन सैनामैना नगरपालिकाले समेत सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले मुहान सामाजिक उद्यमी महिला सहकारीमा जोडिएपछि महिला दिदी बहिनीहरुको आर्थिक अवस्थामा परिवर्तन आएको बताउनुभयो ।

मुहान सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेडकी अध्यक्ष लिला अधिकारीको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै अपांगता भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।

सहकारीकी सचिव नन्दा बुढाको संचालनमा भएको कार्यक्रममा लेखा संयोजक नमकुमारी थापाले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय