LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको मुहान सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले मुहान सहकारीमा आवद्ध भएपनि स्थानीय महिला दिदी बहिनीहरुको जीवनमा परिवर्तन आएको बताउनुभयो । उहाले मुहान सहकारीले वास्तवमै महिला दिदी बहिनीहरुले बचत गरेको पैसालाई आय आर्जनमा लगानी गरि महिला दिदी बहिनीहरुको जीवनलाई माथि उठाउने काम गरेको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले मुहान सहकारी स्थापनामा आफ्नो पनि ठूलो योगदान रहेको स्मरण गर्दै यो सहकारीलाई अझै अघि बढाउन सैनामैना नगरपालिकाले समेत सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले मुहान सामाजिक उद्यमी महिला सहकारीमा जोडिएपछि महिला दिदी बहिनीहरुको आर्थिक अवस्थामा परिवर्तन आएको बताउनुभयो ।

मुहान सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेडकी अध्यक्ष लिला अधिकारीको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै अपांगता भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।

सहकारीकी सचिव नन्दा बुढाको संचालनमा भएको कार्यक्रममा लेखा संयोजक नमकुमारी थापाले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय