LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

यो हो कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरीयामा रहेको हाटबजार व्यवसायीहरुबीच साधारण सभा तथा अधिवेशनलाई लिएर भएको विवादको दृष्य ।

अधिवेशनकै पूर्व सन्ध्यामा व्यवसायीहरुबीच भएको विवादले उग्र रुप लिएको छ । जसका कारण दुई पक्षबीच एकले अर्कोलाई निषेध गर्ने अवस्था समेत उत्पन्न भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा मुख्य कार्यालय रहेको संस्थाको २० औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनका क्रममा शुक्रबार सदस्यताका बिषयमा विवाद भएको हो ।

समितिका सदस्यहरुबीच एउटा हाटबजार व्यवसायी समिति हुँदाहुँदै अर्को कृषि हाटबजार व्यवसायी संघ दर्ता गरिएको, एउटै व्यवसायी दुईवटा समितिमा बसेको लगायतका बिषयमा विवाद भएको हो ।

त्यसैगरी गरि संस्थामा नविकरण भएका सदस्यहरुलाई समेत निर्वाचनमा भाग लिन नदिएको भन्दै विवाद उत्कर्षमा पुगेको हो ।
कपिलवस्तु हाटबजार व्यवसायी समितिले तरकारी पसल चलाउने हाटबजार व्यवसायी अनिता भण्डारीलाई निर्वाचनमा भाग लिन नदिएको साझा टेलिभिजन एचडीकै कार्यालयमा आई गुनासो गर्नुभयो ।

त्यसैगरी व्यवसायीले समितिले आफूलाई कारवाही गरेको भनेपनि आफूलाई जानकारी समेत नदिएको र आफूलाई के कारणले कारवाही गरिएको हो भन्ने जानकारी समेत नदिएर स्पष्टीकरण समेत दिने मौका नदिएको गुनासो व्यवसायीले गरेका छन ।

समितिका पूर्व अध्यक्ष ज्ञानबहदुर थापो समिति मनोमानी रुपमा अघि बढेको र गुनासो नसुनेको र समस्या समाधान गर्नुभन्दा पीडिकलाई नै साथ दिएको भन्दै तीनसय बढी सदस्यले नयाँ समिति गठन गरेको बताउनुभयो । उहाँले यसअघि समितिमा रहँदा आफूहरुले जम्मा गरेको पैसा आफ्नो संघले पनि पाउनुपर्ने माग गर्नुभयो ।

यसैबीच एउटा समितिमा हुँदाहुँदै अर्को समिति दर्ता गरेको भन्दै १२ जना व्यवसायीलाई कपिलबस्तु हाटबजार व्यवसायी समितिले कारवाही समेत गरेको छ । उता कपिलबस्तु हाटबजार व्यवसायी समितिका अध्यक्ष यमलाल बेलबासेले संस्थाको नीति नियमभन्दा बाहिर जानेलाई कारवाही गरिएको दावी गर्नुभयो । हाट बजार व्यवसायीको विवादलाई संचारकर्मीहरुको रोहबरमा सहमति गराउने प्रयास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय