LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

यो हो कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरीयामा रहेको हाटबजार व्यवसायीहरुबीच साधारण सभा तथा अधिवेशनलाई लिएर भएको विवादको दृष्य ।

अधिवेशनकै पूर्व सन्ध्यामा व्यवसायीहरुबीच भएको विवादले उग्र रुप लिएको छ । जसका कारण दुई पक्षबीच एकले अर्कोलाई निषेध गर्ने अवस्था समेत उत्पन्न भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा मुख्य कार्यालय रहेको संस्थाको २० औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनका क्रममा शुक्रबार सदस्यताका बिषयमा विवाद भएको हो ।

समितिका सदस्यहरुबीच एउटा हाटबजार व्यवसायी समिति हुँदाहुँदै अर्को कृषि हाटबजार व्यवसायी संघ दर्ता गरिएको, एउटै व्यवसायी दुईवटा समितिमा बसेको लगायतका बिषयमा विवाद भएको हो ।

त्यसैगरी गरि संस्थामा नविकरण भएका सदस्यहरुलाई समेत निर्वाचनमा भाग लिन नदिएको भन्दै विवाद उत्कर्षमा पुगेको हो ।
कपिलवस्तु हाटबजार व्यवसायी समितिले तरकारी पसल चलाउने हाटबजार व्यवसायी अनिता भण्डारीलाई निर्वाचनमा भाग लिन नदिएको साझा टेलिभिजन एचडीकै कार्यालयमा आई गुनासो गर्नुभयो ।

त्यसैगरी व्यवसायीले समितिले आफूलाई कारवाही गरेको भनेपनि आफूलाई जानकारी समेत नदिएको र आफूलाई के कारणले कारवाही गरिएको हो भन्ने जानकारी समेत नदिएर स्पष्टीकरण समेत दिने मौका नदिएको गुनासो व्यवसायीले गरेका छन ।

समितिका पूर्व अध्यक्ष ज्ञानबहदुर थापो समिति मनोमानी रुपमा अघि बढेको र गुनासो नसुनेको र समस्या समाधान गर्नुभन्दा पीडिकलाई नै साथ दिएको भन्दै तीनसय बढी सदस्यले नयाँ समिति गठन गरेको बताउनुभयो । उहाँले यसअघि समितिमा रहँदा आफूहरुले जम्मा गरेको पैसा आफ्नो संघले पनि पाउनुपर्ने माग गर्नुभयो ।

यसैबीच एउटा समितिमा हुँदाहुँदै अर्को समिति दर्ता गरेको भन्दै १२ जना व्यवसायीलाई कपिलबस्तु हाटबजार व्यवसायी समितिले कारवाही समेत गरेको छ । उता कपिलबस्तु हाटबजार व्यवसायी समितिका अध्यक्ष यमलाल बेलबासेले संस्थाको नीति नियमभन्दा बाहिर जानेलाई कारवाही गरिएको दावी गर्नुभयो । हाट बजार व्यवसायीको विवादलाई संचारकर्मीहरुको रोहबरमा सहमति गराउने प्रयास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय