LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई मेसिन खरिदका लागि पुनः बोलपत्र आह्वान गरिएको छ ।
अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको जनाएको हो ।
एमआरई मेसिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल बिकास समिति तथा अस्पताल प्रशासनको प्रतिवद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमवहादुर सारुले अस्पतालमा एमआरआई मेसिन आएपछि विरामीले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएकोले बिगतमा देखापरेका कमजोरी सुधार गर्दै छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको बताउनुभयो ।

मन्त्री सारुले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटीहरुलाई आश्यक छलफल, विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐनको अध्ययन तथा विभिन्न पक्षसँग छलफल गरी पुनः बोलपत्र आह्वान गरिएको र अव जसरी पनि एमआरआई मेसिन खरिद गरिने बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकारले अस्पतालमा आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको थियो ।
उता एमआरआई मेसिन खरिद प्रक्रियामा बिलम्ब हुँदा अस्पतालमा उपचारका लागि आउने विरामीले दुःख पाएको बताउँदै जसरी पनि एमआरआई मेसिन खरिद प्रकृया अघि बढाउन राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेसिन नहुँदा सेवाग्राहीले दुःख पाएको बताउँदै कुन पनि आर्थिक चलखेल वा बहानामा जनताले दुःख पाउन नहुने बताउनुभयो ।
यसैगरी पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अबको टेन्डर प्रक्रियाबाट जसरी भएपनि एमआरआई मेसिन खरिद हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष नारायण जि.सी. (निर्मल) ले एमआरआई मेसिन खरिदका लागि गरिएको टेन्डर प्रक्रिया फेरी पनि रोकिएमा वा स्थगित भएमा जनता आन्दोलित हुने बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालमा एमआरआई मेसिन ल्याउने कुरा धेरै लामो समयदेखि चर्चाको विषय भएपनि पूर्णता पाउन नसकेको गुनासो गर्दै अव ढिलाई हुन नहुनेमा जोड दिनुभयो । समयमा मेसिन खरिद गर्न नसक्दा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर महंगो शुल्न तिर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले विगत चार वर्षदेखिको लामो प्रयासमा पनि अस्पतालमा एमआरआई मेसिन ल्याउन नसक्नु दुःखद भएको बताउनुभयो । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. इन्द्र ढकालले एमआरआई मेसिन खरिद भएमा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६÷१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भई आधा मूल्यमा सेवा लिन पाउने बताउनुभयो ।

उहाँले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा समेत विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐन, आपूर्तिकर्ता सम्पनीहरुको राय अनुसार स्पेसिफिकेशन तयार पारिएको भए पनि त्यसमा थप सुधार गर्दै सप्लायर्स कम्पनीहरुको अधिकतम सहभागिता रहने गरी खरिद प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी गराइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय