LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चनमा २०३२ सालमा स्थापना भएको रुद्रपुर माध्यमिक विद्यालयले आफ्नो ५० औं बार्षिक उत्सव तथा स्वर्ण महोत्सव विविध कार्यक्रम गरि मनाईरहेको छ । स्वर्ण महोत्सवकै अवसरमा सोमबार विद्यालयको स्वर्ण महोत्सव उदघाटन गरिएको छ भने २५ गते नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले स्वर्ण महोत्सवको समापन गर्ने कार्यक्रम छ ।

सोमबार विद्यालयको स्वर्ण महोत्सवको उदघाटन तथा स्वर्ण स्तम्भको अनावरण गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले यो विद्यालय एउटा रुख मुनिबाट शुभारम्भ गरेर आज ५० औं बर्ष प्रवेश गरी स्वर्ण महोत्सव मनाउन थालेकोमा खुसी लागेको बताउँदै यो विद्यालयले शिक्षाको क्षेत्रमा अलग्गै पहिचान स्थापित गर्न सकोस भन्ने शुभकामना दिनुभयो ।

मन्त्री ढकालले विद्यालयद्वारा प्रकाशित स्मारिक पत्र रुद्रपुर दर्पणको समेत लोकार्पण गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले रुद्रपुर माध्यमिक विद्यालय यस क्षेत्रका हजारौं विद्यार्थीको आस्थाको केन्द्र रहेको बताउनुभयो ।

उहाँले रुद्रपुर माविको शैक्षिक गुणस्तर आगामी दिनमा अझै बढाउन सवैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन लगायतले बोल्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक डोलाराम पौडलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पूर्व प्रअ र पूर्व अध्यक्ष लगायत समाजमा योगदान दिएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन शिक्षक गोपाल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय