LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गुल्मीमा जिपलाइन निर्माणको होडबाजी चल्न थालेको छ । अन्य विकास निर्माणका कार्यमा भन्दा पनि यहाँका स्थानीय तहहरुको होडबाजी जिपलाइन निर्माणमा देखिन थालेको छ ।

केही दिन पहिले छत्रकोट गाउँपालिकाले जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जिपलाइन सञ्चालनले बाह्य तथा आन्तरिक पर्यटक छत्रकोटमा ल्याउनका लागि ठूलो टेवा पुग्ने जनाएको छ । छत्रकोट गाउँपालिकाको वडा नम्वर तीन देवालय मन्दिर परिसरबाट देवी भगवती मन्दिरसम्म एक हजार असी मिटरको लम्बाइमा जिपलाइन सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी प्रदेश र गाउँपालिकाको ८६ लाख ७३ हजार १४४ रुपियाँको संयुक्त लगानीमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालि काठमाडौंले निर्माणको कार्य सम्पन्न गरी जिपलाइन सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो । जिप लाइनले आन्तरिक पर्यटकमा वृद्धि हुने र यस क्षेत्रको थप प्रचारमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । जिपलाइनबाट हिमाल, पहाड र तराई देख्न सकिने भएकाले आन्तरिक पर्यटकहरु आउनेमा आफू ढुक्क रहेको उहाँको दाबी छ ।

यस्तै, जिल्लाको रेसुङ्गा नगरपालिकाले पनि जिपलाइन निर्माणको कार्यलाई अगाडि बढाएको सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार रेसुङ्गा नगरपालिकाले पनि गर्जुराको पानी ट्याङ्कीबाट सुरु भई पार्कभित्र ल्यान्डिङ हुने गरी चार सय मिटरको दूरीमा जिपलाइन निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रमको ७५ प्रतिशत र नगरको २५ प्रतिशत गरी करिब डेढ करोडको लगानीमा जिपलाइन बन्ने सूचना प्रविधि अधिकृत खनालले जानकारी दिनुभयो ।

यस्तै रुरुक्षेत्र गाउँपालिकाले पनि गुल्मी र स्याङजा जोड्ने गरी जिपलाइन निर्माणका लागि डिपीआरको काम भइरहेको बताएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र पनि भएकाले रुरुक्षेत्रको समग्र विकासका लागि जिपलाइनले थप टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय