LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटक बढेका छन् । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०२४ मा ११ लाख ७२ हजार ३०४ पर्यटक लुम्बिनी आएका छन् । यो तथ्यांक अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १ लाख ७३ हजार ३६६ ले बढी हो ।

कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ जना पर्यटक लुम्बिनी आएका थिए । कोभिड पछि पहिलोपटक लुम्बिनी घुम्ने आन्तरिक र बाह्य पर्यटकको संख्या १० लाख नाघेको हो ।

कोभिड अघि सन् २०१९ मा कुल १५ लाख ५८ हजार ३२६ जना पर्यटक बुद्ध जन्मस्थल घुम्न आएका थिए । त्यसयता पहिलोपटक लुम्बिनी आउने पर्यटकको संख्या १० लाख नाघेको हो ।

सन् २०२४ मा भारतीय पर्यटक आगमनले भने नयाँ रेकड कायम गरेको छ । यो वर्ष ३ लाख ८८९ भारतीयले लुम्बिनी भ्रमण गरेका छन् ।
सन् २०२३ मा २ लाख ६६ हजार ५१० भारतीय आएका थिए । कोभिड अघि २०१९ मा दुई लाख ६ हजार १७१ जना आए पनि त्यस अघिका वर्ष भारतीय पर्यटकको आगमन दुई लाख भन्दा कम नै थियो ।

२०२४ मा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमा सबै भन्दा बढी श्रीलंकाका पर्यटक छन् । गत वर्ष २३ हजार ५ सय ६९ श्रीलंकन आएको कोषले जनाएको छ ।सन् २०२४ मा ७ लाख ५९ हजार ९ सय ९० जना आन्तरिक पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् तर, कोभिड अघिको तुलनामा आन्तरिक पर्यटक आगमन संख्या अझै बढ्न सकेको छैन । कोभिड अघि सन् २०१७ मा साढे १२ लाखले लुम्बिनी घुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय