LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटक बढेका छन् । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०२४ मा ११ लाख ७२ हजार ३०४ पर्यटक लुम्बिनी आएका छन् । यो तथ्यांक अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १ लाख ७३ हजार ३६६ ले बढी हो ।

कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ जना पर्यटक लुम्बिनी आएका थिए । कोभिड पछि पहिलोपटक लुम्बिनी घुम्ने आन्तरिक र बाह्य पर्यटकको संख्या १० लाख नाघेको हो ।

कोभिड अघि सन् २०१९ मा कुल १५ लाख ५८ हजार ३२६ जना पर्यटक बुद्ध जन्मस्थल घुम्न आएका थिए । त्यसयता पहिलोपटक लुम्बिनी आउने पर्यटकको संख्या १० लाख नाघेको हो ।

सन् २०२४ मा भारतीय पर्यटक आगमनले भने नयाँ रेकड कायम गरेको छ । यो वर्ष ३ लाख ८८९ भारतीयले लुम्बिनी भ्रमण गरेका छन् ।
सन् २०२३ मा २ लाख ६६ हजार ५१० भारतीय आएका थिए । कोभिड अघि २०१९ मा दुई लाख ६ हजार १७१ जना आए पनि त्यस अघिका वर्ष भारतीय पर्यटकको आगमन दुई लाख भन्दा कम नै थियो ।

२०२४ मा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमा सबै भन्दा बढी श्रीलंकाका पर्यटक छन् । गत वर्ष २३ हजार ५ सय ६९ श्रीलंकन आएको कोषले जनाएको छ ।सन् २०२४ मा ७ लाख ५९ हजार ९ सय ९० जना आन्तरिक पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् तर, कोभिड अघिको तुलनामा आन्तरिक पर्यटक आगमन संख्या अझै बढ्न सकेको छैन । कोभिड अघि सन् २०१७ मा साढे १२ लाखले लुम्बिनी घुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय