LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

“विना शिक्षा अँध्यारो समाज, घर घरमा पु¥याऔं प्राविधिक शिक्षाको आवाज“ भन्ने नाराका साथ रुद्रपुर माध्यमिक विद्यालय कञ्चन ४ अस्नैया रुपन्देहीको ५० औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सवको तेश्रो दिन विद्यालयले विद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ ।

पूर्व शिक्षकहरुलाई सम्मान गर्दै जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेले विद्यालयमा विद्यालयका अभिभावक र विद्यार्थीहरुको भावना अनुरुप शिक्षण कृयाकलापलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।

पछिल्लो समय देशका योग्य विद्यार्थीहरुकको पलायन भइरहेको अवस्थामा विद्यालय र समुदायले समयानुकुल शिक्षालाई अगाडी बढाउनु पर्ने अवस्था आएको बताउदै ईकाई प्रमुख बञ्जाडेले विद्यालयहरुले आफुलाई समयानुकुल परिवर्तनशिल बनाउदै जानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा स्वर्ण महोत्सव आर्थिक संकलन उपसमितिका संरक्षक केशरबहादुर खत्रीले विद्यालयको गुणस्तरीय र प्राविधिक शिक्षा संचालनका लागि आफु सदैव प्रतिवद्ध रहेको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु प्रकाश आचार्य, विष्णुदत्त यादव, थमबहादुर सिंजाली, गोविन्द बेलवासे, राष्ट्रिय जनमुक्ती पार्टीका पूर्णबहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गा बहादुर थापा लगायतले विद्यालयले निर्धारण गरेको प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्यलाई पुरा गर्न सफल बनोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको प्राविधिक शिक्षा बिकासका लागि आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सहयोगदाता, चन्दादाता, भूमिदातालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय