LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

बुटवल उपमहानगरपालिकाले बुटवलको बढी भीड हुने चारवटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक लाईट जडान गरेको छ ।

बुटवलको ट्राफिक चोक र कालिकानगरमा ट्राफिक लाइट जडान गरि शुभारम्भ गरिएको छ भने मिलनचोकमा सडक विस्तारको काम भैरहेको कारण केही दिनमा नै लाइट शुभारम्भ बताइएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा विहिबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिकलाईट सफ्टवेयर थिचेर स्वीच अन गरी शुभारम्भ गर्नुभयो ।

बुटवल उपमहानगरपालिकामा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो । यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताउनुभयो । बुटवल नगर प्रमुख पाण्डेयले बुटवलको बढ्दो ट्राफिकजामको समस्या समाधानको लागि यो लाइट सहयोगी हुने बताउनुभयो ।

लाइटसंगै राखिएको सिसी क्यामेराले दुर्घटना न्युनिकरण हुने समेत अपेक्षा गरिएको पाण्डेको भनाई छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा उक्त सिसीटिभीको अनुगमन गरिने गरी योजना समेत बनाइएको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय