रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको सालझण्डी सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारण सभा शुक्रवार सालझण्डीमा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन मन्तब्य ब्यक्त गर्दै जिल्ला डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रबिण बिडारीले जन्मेदेखि मृत्यु पर्यन्तसम्म बनको सामिप्यतामा नै बाँच्नुपर्ने अवस्था रहेको भन्दै त्यसकारण वन भनेको हाम्रो संस्कार, संस्कृति र सम्मृद्धिसंग पनि जोडिएको छ भन्नुभयो । उहाँले सामुदायीक वनलाई माया गर्न र सम्मृद्धिमा जोडिन आग्रह गर्दै सवैको सहकार्यबाट बलियो बनाउन सकिने उल्लेख गर्नुभयो ।



कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेनले हरियो बन नेपालको धन भन्ने नारालाई साँच्चै नै नेपालको धनमा परिणत गर्ने हो भने वनलाई व्यवस्थापन गर्न्ुपर्छ भन्दै बनको बैज्ञानिक विधि र पद्धतीलाई अवलम्बन गर्दै आएको बताउनुभयो ।
त्यसैगरी शुभकामना मन्तब्य ब्यक्त गर्दै सैनामैना नगरपालिका वडा नं. १० का अध्यक्ष कृष्णप्रसाद घिमिरेले सैनामैना सामुदायिक वनले सैनामैना नगरपालिकासंंग समन्वय गरेर विकासको धेरै कुरामा स्थानीय सरकारलाई टेवा पु¥याउने काम गरेको बताउनुभयो । उहाँले नगरपालिकाले गर्न नसकेको कतिपय काममा समेत यो सामुदायिक वनले स्थानीय जनताको जीवनमा परिवर्तन ल्याउन समेत ठूलो टेवा पु¥याउने काम गरेको उल्लेख गर्नुभयो ।
सालझण्डी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वनका संस्थापक समिति, ८० बर्ष पुगेका जेष्ठ नागरिक, एकल महिला, एकल पुरुष, अपांगता, जेहेन्दार विद्यार्थी महिला तथा बालबालिका लगायतलाई सम्मान गरिएको थियो ।
वन समूहकी सचिव गोमती रानाले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले स्वागत र कोषाध्यक्ष नमकुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सिंहदर्जा सामुदायिक वनका अध्यक्ष, सालझण्डी खानेपानीका अध्यक्ष नारायणप्रसाद पन्त लगायतले शुभकामना दिनुभएको थियो ।




