सैनामैना, २९ पुस । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ पी नेपाल अन्तर्गत एरिया ४ ले लायन्सका जन्मदाता मेल्भिन जोन्सको १४६ औं जन्मदिनको अवसरमा सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम गरिरहेको सन्दर्भमा लायन्स क्लब अफ सैनामैना बोलबमले पनि सोही अवसरमा विभिन्न सामाजिक कृयाकलाप सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ सैनामैना बोलबमका अध्यक्ष लायन केदार कार्कीको अध्यक्षता तथा लायन जुनु दर्लामीको संयोजकत्वमा सैनामैना ३ स्थित दुर्गा भवानी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी क्लबका अध्यक्ष लायन केदार कार्कीको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ पी जोन ३१ का जोन चियर पर्सन लायन सुशीला शर्मा पन्तको प्रमुख आतिथ्यतामा सैनामैना –७ हरियाली बस्तीमा ४१ घर विपन्न परिवारलाई न्यानो सिरक र कपडाहरू वितरण गरिएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य क्लबका प्रथम उपाध्यक्ष लायन सौगात भट्टराईले गर्नुभएको थियो भने क्लबका सल्लाहकार लायन तिलव केसीले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संयोजन लायन वविता खड्काले गर्नुभएको थियो ।
त्यसैगरी लायन्स क्लब अफ सैनामैना बोलबमले भोकालाई भोजन प्रदान गर्ने उद्देश्य स्वरुप रूपन्देहीको फायर लायन जंगल क्षेत्रमा बाँदरलाई फलफूल खुवाएको छ ।
उक्त कार्यक्रमको व्यवस्थापन कार्यक्रम संयोजक लायन निरू पौडेल भुसालले गर्नु भएको थियो ।
त्यसैगरी क्लबले कपिलवस्तुको पिपरा स्थित गौशालामा गौ आहार हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रमको संयोजन जुनु माया पुनले गर्नुभएको लायन्स क्लब अफ सैनामैना बोलबमले जनाएको छ ।








