LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नः १ आदर्शपथस्थित सैनामैना मेमोरियल स्कुलमा बिहिबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजित कार्यक्रमको उदघाटन विद्यालयका प्राचार्य डि. बि. खत्री, प्रवन्ध निर्देशक जे.बि. क्षेत्री, सहप्राचार्य पदम अर्याल तथा शैक्षिक सल्लाहकार लिलाधर घिमिरेद्वारा संयुक्त रुपमा गरिएको थियो ।

खेल सप्ताहको उदघाटनको क्रममा बोल्दै प्राचार्य डिबी खत्रीले विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गराउनको लागि यो खालको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

खेलकुदका कार्यक्रमले विद्यार्थीहरुमा शारीरिक तथा मानसिक पक्षको मात्र नभई चौतर्फी विकासको भूमिका खेल्ने र विद्यार्थी जीवनमा खेलिएका खेलले समग्र जीवनमा उत्साह र उमङ्ग थपिने उहाँले बताउनुभयो ।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा अन्तर सदनात्मक र विभिन्न तहगत गरी बेलुन ब्लास्ट, इन– आउट, स्पुन रेस, थ्रि लेग रेस, म्याथ म्याटिकल रेस, कुर्सी दौड, तातो आलु, ब्याडमिन्टन , टेवल टेनिस, हाइजम्प, लङ्जम्प, सटपुट, दौड, रिले दौड तथा भलिबल लगायतका खेलकुद गराइने छ ।

उक्त प्रतियोगिताबाट ७५० जना विद्यार्थीले मेडल जित्ने अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय