LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार भैरहवा आईपुगेका छन् । जिल्ला अदालत रुपन्देहीमा दायर भएको सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा सुनुवाइका लागि रवि भैरहवा आएका हुन ।

सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो । बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन् ।
बुटवलको सुप्रिम सहकारीबाट उनको नाममा दुई करोड कर्जा गएको देखिएको र उनी गोर्खा मिडियाको सञ्चालक हुँदा सहकारीबाट करिब १० करोड गएको आधारमा उनलाई प्रतिवादी बनाइएको छ ।

यसअघि कास्की र काठमाडौंमा दायर गरिएका मुद्दामा लामिछाने धरौटीमा छुटेका थिए । गोर्खा मिडियामा आबद्ध भएकै आधारमा सहकारी ठगीको मुद्दा दायर गरिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत मुछिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ ।

न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो ।

जिल्ला अदालत कास्कीले उनीहरूलाई धरौटीमा छोड्ने आदेश दिएको थियो । पुस २५ गते न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख, पूर्व डीआईजी छविलाल जोशीसँग ८८ लाख, उनका सहयोगी रामबहादुर खनालसँग १५ लाख, जिबी राईकी सहयोगी लिला पछाइसँग ३७ लाख धरौटीमा माग भएको छ ।

यस्तै संस्थापक अध्यक्ष मिना गुरुङसँग ५ लाख, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङसँग १ लाख र कोषाध्यक्ष आरती गुरुङसँग ५ लाख धरौटी माग भएको थियो । उनीहरू सबै जना धरौटी बुझाएर रिहा भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय