LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चनमा रोजगारीमा खटिनुपूर्व रोजगारीमा खटिनेहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । तालिमको सहभागी र छनौटको आधार काममा खटिने सुचिकृत वेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमा सूचिकृत भएकाहरुका लागि उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत व्यक्तीहरुलाई निर्देशन दिदै कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले कार्यक्षेत्रमा प्रवेश गर्नु भन्दा अघि कार्यक्षेत्रमा आफुले के गर्ने र मेरो जिम्मेवारी र दायित्व के हो भन्नेबारे जानकार हुनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले कुनैपनि काम शुरुवात गर्नु भन्दा आफुले पाएको जिम्मेवारी र सतर्कता अपनाउनु पर्नेमा जोड दिदै सम्मुनत कञ्चन, सुखी कञ्चनवासी बनाउन सबैको बराबर भूमिका रहने बताउनु भयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले वडा वडाबाट प्राप्त सूचिकृत बेरोजगार व्यक्तीहरुको आवेदनको आधारमा सिप, क्षमता, कार्यदक्षतालाई आधार बनाएर रोजगारका लागि अन्तिम सूचिकरण गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य र प्रकृतीका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष हरि नारायण थारु, वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्री कार्यपालिका सदस्य रञ्जना थारु, शुसिला थापा लागायतले समेत सूचिकृत सेवाग्राहीहरुका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय