LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चनमा रोजगारीमा खटिनुपूर्व रोजगारीमा खटिनेहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । तालिमको सहभागी र छनौटको आधार काममा खटिने सुचिकृत वेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमा सूचिकृत भएकाहरुका लागि उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत व्यक्तीहरुलाई निर्देशन दिदै कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले कार्यक्षेत्रमा प्रवेश गर्नु भन्दा अघि कार्यक्षेत्रमा आफुले के गर्ने र मेरो जिम्मेवारी र दायित्व के हो भन्नेबारे जानकार हुनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले कुनैपनि काम शुरुवात गर्नु भन्दा आफुले पाएको जिम्मेवारी र सतर्कता अपनाउनु पर्नेमा जोड दिदै सम्मुनत कञ्चन, सुखी कञ्चनवासी बनाउन सबैको बराबर भूमिका रहने बताउनु भयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले वडा वडाबाट प्राप्त सूचिकृत बेरोजगार व्यक्तीहरुको आवेदनको आधारमा सिप, क्षमता, कार्यदक्षतालाई आधार बनाएर रोजगारका लागि अन्तिम सूचिकरण गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य र प्रकृतीका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष हरि नारायण थारु, वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्री कार्यपालिका सदस्य रञ्जना थारु, शुसिला थापा लागायतले समेत सूचिकृत सेवाग्राहीहरुका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय