रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ८ शान्तिटोल स्थित गणेशटोलमा गत माघ ३ देखि ८ गतेसम्म भएको गणेश पुराण महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ ।
महायज्ञमा कूल ३ लाख ९३ हजार ८० रुपैयाँ संकलन भएकोमा तीनलाख रुपैया अक्षयकोषमा राख्ने र बाँकी पैसा गणेश मन्दिरको नाममा राखिने महायज्ञ आयोजकहरुले जानकारी दिएका छन ।
गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णु पाण्डेले गणेश पुराण महायज्ञ सम्पन्न गर्न सैनामैनादेखि काठमाण्डौंसम्मका भक्तजनले सहयोग गरेको स्मरण गर्दै महायज्ञ सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति आयोजकको तर्फबाट आभार प्रकट गर्नुभयो ।
महायज्ञको संकल्पकर्ता कमला अधिकारीले दाताहरुको गोप्य दानले महायज्ञ पूरा भएको बताउँदै खुसीले दिएको दान अक्षयकोषमा जम्मा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले गणेश पुराण महायज्ञ सम्पन्न गर्न श्रद्धालु भक्तजनले गरेको सहयोग प्रति पनि आभार प्रकट गर्नुभयो ।



माघ ३ देखि ८ गतेसम्म भएको गणेश पुराण महायज्ञमा प्रमुख कथाबाचकको रुपमा आध्यात्मिक प्रखरबक्ता गुरु ऋषिकेश उपाध्याय रहनु भएको थियो भने उपबाचकमा गुरु सुदर्शन रहनुभएको थियो ।
महायज्ञकै अवसरमा मोहन काफ्ले, राम थापा, चन्द्र बराल मगर र पोषण श्रेष्ठले गीत संगीत प्रस्तुत गर्नुभएको थियो ।




