LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको रुद्रपुर धमिनाताल सामुदायिक वन उपभोक्ता समूह कञ्चन ३ र ४ सोंगा रुपन्देहीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा समूहका अध्यक्ष पार्वती घर्ति मगरले समूहको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जानका भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

समूहको साधारण सभालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि संस्थाको संस्थागत बिकास संस्थाले संचालन गर्ने विभिन्न कृयाकलापको पारदर्शिता र सामाजिक उत्तरदायित्व बहनले निर्धारण गर्ने बिचार व्यक्त गर्नुभयो ।
अध्यक्ष ढकालले सामाजिक संघ संस्थाहरुले आफुलाई समस्या पर्दामात्र नभई सहज हुँदा समेत हरेक पक्ष र सरोकारवालाहरुसंगको सहकार्य र समन्वयलाई बिर्सन नहुने बताउनु भयो।

यसैगरी डिभिजन वन कार्यालय जिल्ला वन अधिकृत प्रबिन बिडारीले सामुदायिक बनको संरक्षण समिति र कर्मचारीहरुको मात्र नभई बनबाट प्रत्यक्ष फाइदा लिने सम्पुर्ण उपभोक्ताहरुको समेत अनिवार्य जिम्मेवारी भएको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कन्चन गाउँपालिका कार्यपालिका सदस्य सुशिला थापा, नेपाली कांग्रेस कञ्चनका सभापति देविराम रेग्मी, नेकपा एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष भानुभक्त भण्डारी, नेकपा एमाले कञ्चन गाउँ कमिटि सचिव उमा गौतम ढकाल, सल्लाहकार यमबहादुर क्षेत्री, दिपक पौडेल, रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा, मलावरदेवी माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शशीधर सापकोटा, जेसीआई कञ्चन वर्ष २०२५ का अध्यक्ष प्रकाश उपाध्याय पौडेल, सल्लाहकार लगायतले शुभकामना दिनुभएको थियो ।
३ हजार भन्दा बढी उपभोक्ता रहेको समूहको साधारण सभा संस्थाका उपाध्यक्ष ठाकुर गौतमको स्वागत तथा संस्थाका सचिव नारायणप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय